विदेशी मुद्राको विनिमयदर : कुवेती दिनार पाँच सय पार, डलर र युरो कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा पुगेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलिया र क्यानडाका डलरको मूल्य पनि बढेको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३० पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आइरहेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको...
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
आँधीखोला किनार क्षेत्रमा परीक्षणका लागि तर्बुजाखेती सुरु
काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती...
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो !
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको हो । मंगलबार...
नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
संस्कृती...
पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने
काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणाली...



