विदेशी मुद्राको विनिमयदर : कुन देशको रुपैयाँ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा पुगेको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा तय हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा कायम भएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १८९ रुपैयाँ ६० पैसा तोकिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा
काठमाडौँ । मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएप...
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टिते...
सरकारले नगद कारोबारको सीमा घटायो, ५ लाखभन्दा माथिको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने
काठमाडौँ । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्...
रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद
रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय...
अण्डा र मकैमा उच्च वार्षिक वृद्धिदर
काठमाडौँ । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष आव २०८२,८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ...
कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैस...



