कोशीमा बढ्यो बहाव, खोलिए २० ढोका
सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए । पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोशी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणाली...
आज देशका अधिकांश स्थानमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।...
९ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
काठमाण्डौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम...
अवरुद्ध बिपी राजमार्ग सञ्चालन
काठमाण्डौँ । अविरल वर्षाका कारण हिजो साँझबाट अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मर्मत कार्य सम्पन्न भएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
गए राति परेको लगातार वर्षाका कारण सडक अ...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
दिउँसो तराई भूभागका अ...
६ प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प...



