नुवाकोटमा बाढीपीडितलाई होल्डिङ सेन्टरबाट राहत, नदीपारिका क्षेत्रमा वितरण चुनौती
नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समितिले होल्डिङ सेन्टरमार्फत राहत सामग्री वितरण गर्न थालेको छ । दाता तथा विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्री एकीकृत रूपमा सङ्कलन गरी आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।
नुवाकोटमा हाल १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् । विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक–एक वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी प्रभावितलाई वितरण गर्न दाता तथा इच्छुक व्यक्ति तथा संस्थाले उपलब्ध गराएका राहत सामग्री एकद्वार प्रणालीमार्फत समितिले सङ्कलन गरिरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउनका लागि घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढ्दै गएको छ। काठमाडौं उ...
आज राष्ट्रिय चिया दिवस मनाइँदै
काठमाडौँ । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ । नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौ...
फ्लाई दुबईद्वारा पोखराबाट सीधा नियमित व्यावसायिक उडान सुरु
गण्डकी । फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान औपचारिक रूपमा सुरु गरेको छ। उडान तालिका अनुसार दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६:१९ बजे पोखराम...
आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम
काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेक...
नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्न...
न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा
काठमाण्डौँ । उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ। बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो ।
प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो। त...



