विदेशी मुद्रा विनिमय दर स्थिर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर कायम छ । आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ । आज युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ ।
आज पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा छ । राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिद दर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा कायम गरिएको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकारले १० अर्बको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्दै
काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो ।
कार्यालयले मङ्गलव...
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डल...
काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन ग्यास उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको सूचनामार्फत आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी न...
नागढुंगा सुरुङमार्गमा आजदेखि गाडी गुड्दै : नेपाल सुरुङ युगमा प्रवेश
काठमाडौँ । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले अन्ततः मूर्तरूप पाएको छ । सन् २०१९ नोभेम्बर १४ देखि निर्माण थालिएको बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन चलाउन थालिएको छ ।
सडक व...
अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?
काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ थियो । आज युरोको खरिद दर १७७.६८ र बिक्री दर १७८.३८...
नेपाल टेलिकम बिलिङ भ्रष्टाचार मुद्दा : प्रबन्ध निर्देशक पौडेलसहित सबैले पाए सफाइ
काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा अनियमितता भएको भनी दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरूको इजलासले सुनुवाइ गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्द...



