शनिबार, २३ साउन २०८३
नेपाली

पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री

Main News Image

काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारिस भएका थिए। बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ ।

जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

महावीर पुनलाई कुलमान नेतृत्व पार्टीको समर्थन

काठमाडौँ । वैज्ञानिक महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिए पनि उनलाई राजनीतिक पार्टीको समर्थन पाएको छ । उनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।

उज्यालो नेपाल पार्टीका मह...

अतिक्रमित सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन : आइतबारदेखि डोजर चल्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यका लगायत देशका विभिन्न प्रमुख सहरहरूमा सार्वजनिक जग्गा मिचेर बनाइएका सुकुम्बासी बस्तीहरूलाई अविलम्ब हटाउन सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शनिबार प्रधानमन्त्री...

सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र...

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...

महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा

काठमाडौँ । नेपाली सेनाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण भवनहरू जोगाउन नसकिएको घटनामा अनुसन्धान गर्न त्यहाँ खटिएका सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाएको छ । सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई अनुसन्धानका लागि झिकाएको...

पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा

काठमाण्डौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी धमाधम तयारी भइरहेको...