आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो ।
कम्पनीहरूको वित्तीय विवरणलाई पारदर्शी र तथ्यपरक बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको छ । नयाँ मापदण्डअनुसार आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय प्रतिवेदनमा असामान्य अवस्था देखिएमा अनिवार्य पुनरवलोकन गरिनेछ ।
सामान्य मापदण्डअन्तर्गत विगत तीन आर्थिक वर्षको लेखापरीक्षण, पछिल्लो वर्षको वित्तीय विवरण तथा अन्तरिम विवरणहरू परीक्षण गरिनेछ । विक्री आम्दानीको ठूलो हिस्सा व्यापारिक प्राप्यमा देखिनु, कर दायित्व समायोजन गर्दा वित्तीय मापदण्ड नपुग्नु वा सम्बद्ध पक्षसँग उच्च कारोबार भएमा पनि पुनरवलोकन हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
काठमाण्डौँ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६...
सरकारले नसुने डिजिटल अर्थतन्त्र गुम्ने आइटी व्यवसायीको चेतावनी
काठमाडौँ । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत आइटी उद्योगलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज एनएएस आइटीले सरकार...
दसैंको मुखमा चिनियाँ नाका बन्द हुँदा अर्थतन्त्रमाथिको संकट र खुलाउन कूटनीतिक पहल
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो चाड बडादसैं नजिकिँदै गर्दा उत्तरतर्फका तीनवटै प्रमुख व्यापारिक नाकाहरू तातोपानी, रसुवागढी र कोरला प्राकृतिक विपद्का कारण ठप्प हुन पुगेका छन् । चाडबाडको समयमा बजारमा वस्तुको माग र आपूर्ति उच्च हुने बेलामै स्थलमार्गब...



