एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाण्डौँ । एनएमबि बैंक लिमिटेडले कालिकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजना उत्पादन अनुमतिपत्र अनुसारको क्षमता ४४० मेगावाट का लागि लिड बैंक प्रमुख बैंकको रूपमा वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ । एससी पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित यस आयोजनाको निर्माण तिला खोलामा गरिँदैछ र यसको कुल अनुमानित लागत ५९.४ अर्ब रुपैयाँ रहेको छ । कुल लागतमध्ये, बैंकहरूको कन्सोर्टियम सहवित्तीयकरण समूहले ४४.५५ अर्ब रुपैयाँ बराबरको ऋण लगानी टर्म लोन उपलब्ध गराउनेछ ।
यस वित्तीय व्यवस्थापनमा एनएमबि बैंक लिमिटेड लिड बैंकको रूपमा रहेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहलिड बैंकका रूपमा रहेका छन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरू पनि सदस्य बैंकका रूपमा संलग्न छन् ।
यस सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक श्री दिनेश दुलाल र एससी पावर कम्पनी प्रालिका तर्फबाट अध्यक्ष सुश्री सुसन कर्माचार्यले हस्ताक्षर गर्नुभयो । जडित क्षमताका आधारमा यो हालसम्मकै सबैभन्दा ठूलो निजी क्षेत्रबाट विकसित जलविद्युत आयोजना हो ।
एससी पावर कम्पनी प्रालिको नेतृत्व सुश्री सुसन कर्माचार्य र उनको समूहले गरिरहेको छ। ४४० मेगावाट क्षमताको यस आयोजनाको विद्युत खरिद सम्झौता अनुसार व्यावसायिक सञ्चालनको तोकिएको सन् २०३० डिसेम्बर ३१ विसं २०८७र०९र१५ रहेको छ। सञ्चालनको पहिलो वर्षमा यस आयोजनाबाट ११.४ अर्ब रुपैयाँ बराबरको राजस्व आर्जन हुने अनुमान गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
त्यसैगरी युरोप...
विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरसँगै कुवेती दिनार र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले जारी गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा तय भएको छ ।
यसैग...
बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत
बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले कि...
नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाखको सेयर कारोबार भएको छ । आज २०१ कम्पनीको सेयर म...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिद...
नेप्सेमा २२.३३ अंकको गिरावट, ८ अर्ब ९९ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२.३३ अंकले घटेर २७९१.७१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड २६ लाखको सेयर कारोबार भएको छ ।
आज ४१ कम्पनीको स...


