पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद
काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो ।
आरतीअघि फिल्म प्रचार र विभिन्न दाताहरूको नाम घोषणा गरिएकाले कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु भएको भन्दै श्रद्धालुहरूले असन्तुष्टि जनाएका छन् । घटनापछि सामाजिक सञ्जालमा आलोचना बढेपछि अभिनेत्री वर्षा राउतले आफू आरतीमा मात्र सहभागी हुन गएको र त्यहाँ फिल्म प्रचार हुनेबारे पूर्वजानकारी नभएको स्पष्ट पारेकी छन् । यस घटनाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पशुपतिनाथ क्षेत्रमा व्यावसायिक गतिविधि गर्न मिल्ने वा नमिल्ने विषयमा बहस चर्किएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कंगाल करोडपतिमा मुकुनसँग जोडी बाँध्दै सलिना
काठमाण्डौँ । अभिनेत्री सलिना तामाङ फिल्म कंगाल करोडपतिमा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।
निर्माण टि...
आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !
काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै...
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
काठमाडौँ । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे । उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा...
सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो । आर्यघाटमा भ...
विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक
काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।
रामकृष्णा ख...



