बिहिबार, १२ कात्तिक २०८३
नेपाली

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना सम्बन्धी जाहेरी दर्ता

Main News Image

काठमाडौँ । राजदूत फिर्ता बोलाउने सरकारी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले रिट दायर गरेका हुन् । सो मुद्दाको पेशी मंसिर ७ गतेका लागि तोकिएको छ ।

जेनजी आन्दोलनपछि बनेको सरकारले गत असोज ३० गते अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध परेको रिटमा न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो।

तर भोलिपल्टै प्रधानमन्त्री कार्की नेतृत्वको परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता बोलाई मन्त्रालयमा हाजिर हुन निर्देशन जारी गरेको थियो । सो निर्देशनअनुसार राजदूतहरू मन्त्रालयमा फर्किएका छन् । सरकारले फिर्ता बोलाएका ११ राजदूतमध्ये हालसम्म ४ जनाले राजीनामा दिइसकेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

चार जना मन्त्रीको नाम टुंगो लाग्यो, आजै सपथको तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। चारै जना मन्त्रीको सपथ आजै हुने बालुवाटार स्रोतले जनाएको उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले...

रास्वपा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने छ ।

१७ असोज दिउँसो ३ बजे बस्ने बैठकमा उपस्थितिका ल...

ओलीलाई फौजदारी अपराधको कसूरमा मुद्दा चलाउन सिफारिस

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी कसूरको अभियोग लगाएर मुद्दा चलाउन सिफारिस गरेको छ । स्रोतका अनुसार आज प्रधानमन्त्रीलाई बुझाइएको जाँचबुझ प्रतिव...

रास्वपाको नवलपरासी सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवलपरासी जिल्लाका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा ले ठकुरीलाई पार्टीमा स्वागत...

देउवा, ओली र प्रचण्डको सुरक्षा फेरि बढाइँदै, पछुवा गाडी दिने तयारी

काठमाण्डौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा पुनः बढाउने तयारी गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै उनीहरूलाई पछुवा गाडीसहित थप सुरक्षा दिने गृह मन्त्रालयको योजना छ ।

पुस ८...

ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या

ओखलढुङ्गा । एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्...