गहुँको समर्थन मूल्यप्रति किसान असन्तुष्ट, लागतसमेत नउठ्ने गुनासो
काठमाडौँ । सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानहरूले असन्तुष्टि जनाएका छन् । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ तोके पनि सो मूल्यले उत्पादन लागतसमेत नउठ्ने किसानहरूको गुनासो छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै गएकाले सरकारले निर्धारण गरेको मूल्य व्यवहारिक नभएको किसानहरूको भनाइ छ । महँगी बढिरहेका बेला समर्थन मूल्यले खर्च धान्न नसक्ने अवस्था आएको उनीहरू बताउँछन् ।
सरकारले समर्थन मूल्य निर्धारण गरे पनि कञ्चनपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँ खरिद सुरु नगर्दा किसान थप समस्यामा परेका छन्। खरिद प्रक्रिया ढिला हुँदा किसानहरूले उत्पादन बिक्री गर्न कठिनाइ भोगिरहेको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख
काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले वस्तु तथा सेवा खरिद बिक्रीमा अनिवार्य रूपमा बिलरबीजक लिने दिने संस्कृतिको विकास गर्न र कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यका साथ “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी लागू गरे...
नेप्सेमा २२.३३ अंकको गिरावट, ८ अर्ब ९९ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २२.३३ अंकले घटेर २७९१.७१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड २६ लाखको सेयर कारोबार भएको छ ।
आज ४१ कम्पनीको स...
रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद
रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय...



