बिहिबार, १२ कात्तिक २०८३
नेपाली

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने महिला टोलीको विदाई

Main News Image

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दशै र तिहारकाबीचमा पनि सवै खेलाडीहरुले मेहनत गरेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे। तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरुले राम्रो तयारी गरेको उनको भनाइ छ ।

त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टीम बनेको उनले बताए । उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फम्र्याट तयार गर्न आफुले काम गरेको उल्लेख गरे । त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताइन् ।

यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टीम मैदानमा उत्रने उनको भनाइ छ। नेपाली टोलीले कार्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कार्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको  छ ।

 

mediabaaji add

सम्बन्धित खबर

स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित

काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।

स्कटल्य...

एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफ...

एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै

काठमाडौँ ।  एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बि...