एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउन पुगेको कर्णाली १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो । टोलीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए भने मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ र गुल्शन झाले १३ रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ विकेट हात पारे । हर्मित सिंह र अविनाश बोहराले समान २–२ विकेट लिए भने स्कटले १ विकेट थपे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। कप्तान ऐरीले ३९ रन योगदान दिए। आरिफ शेखले २७, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कटले १० रन जोडे।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिए भने मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एकरएक विकेट लिए ।
एक्सप्रेस
सम्बन्धित खबर
आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट बाहिरिए
काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट...
हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँग...



