बुधबार, ११ कात्तिक २०८३
नेपाली

दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती

Main News Image

काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा लगातार पराजित नेपाली क्रिकेट टोली आज बलियो टोली वेस्ट इन्डिजलाई हराउँदै पहिलो जित दर्ता गराउने दाउमा हुनेछ । 

पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भए पनि नेपालको प्रदर्शनको प्रशंसा भएको थियो। तर दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्‍यो। जसलाई लज्जास्पद अवस्था मानियो। आजको खेल पनि हारेमा नेपाल सुपर ८ मा पुग्ने सम्भावना सकिनेछ । 

mediabaaji add

सम्बन्धित खबर

सन्दीप लामिछाने बने नेपालको ओडिआई कप्तान्

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय ओडिआई कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । यसअघि ओडिआई र टी–२० दुवैको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका रोहित पौडेललाई पदबाट हटाउँदै क्यानले सन्दीपलाई ओडिआईको...

क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित

काठमाडौँ । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभर...