नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन
काठमाडौँ । सरकारले नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । वर्तमान सरकार गठन भएयताको एक महिने अवधिमा सो संख्याका विदेशीहरूलाई देशबाट निकालिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । आफ्नो एक महिने प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री अर्यालले भनेका छन्, ‘अध्यागमन विभागको सक्रियतामा भिसाको विपरित नेपालमा बसेका र ओभरस्टे बसेका विभिन्न मुलुकका ६७ जना विदेशी नागरिकहरुलाइ निष्काशन गरिएको, र अवैध र कानून विपरित रहेका र बसेकाको खोजी कार्य भईरहेको।’
यस्तै, उनले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको पनि बताएका छन् । नेपालीपोर्टमा आगमन र प्रस्थानको कायम गर्ने गरी अध्यागमन जाँचपासलाई नतिजामूलक र प्रभावकारी बनाइएको बताएका छन् । यो अवधिमा सुरक्षा मापदण्डको यथार्थ कार्यान्वयन गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले पूर्व पदाधिकारीका लागि मापदण्ड विपरीत खटाइएका ४७७ जना नेपाल प्रहरी तर्फ ३६६, सशस्त्र प्रहरी बल नेपालतर्फ १११ जना प्रहरी कर्मचारीहरू फिर्ता बोलाइएको जानकारी पनि दिएका छन् ।
यस्तै, नेपाल नागरिकता नियमावली चौथो संशोधनको प्रारम्भिक मस्यौदा तयार गरिएको, अपराधको अनुसन्धान एवम् विचाराधीन मुद्धाहरूको कारवाहीलाई तीव्रता दिइएको, विभिन्न कसुरमा संलग्न भई अदालतबाट फरार घोषित १६१ जना कसूरदारहरूलाई पक्राउ गरिएको, जेनजी आन्दोलनमा लुटिएको बाहेक ५ नाल भरुवा बन्दुक तथा विभिन्न हतियारको गोली २ राउण्ड सहित २ जना व्यक्तिहरूलाई पक्राउ गरिएको उनले जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी
काठमाण्डौँ । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज सोमबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर...
नयाँ वर्ष सन् २०२६ सुरु
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चा...
आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्...



