विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ २२ पैसा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम भएको छ ।
युरोपेली देशहरूको साझा मुद्रा युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी स्वीस फ्रयांक एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको विनिमयदर हेर्दा अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा पुगेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७...
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख
काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले वस्तु तथा सेवा खरिद बिक्रीमा अनिवार्य रूपमा बिलरबीजक लिने दिने संस्कृतिको विकास गर्न र कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यका साथ “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी लागू गरे...
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, यु...



