विदेशी मुद्राको विनिमय दर : डलर, पाउन्ड र खाडी मुलुकको मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले प्रकाशन गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
युरोपियन देशहरूको साझा मुद्रा युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा कायम भएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिद मूल्य २०३ रुपैयाँ ०१ पैसा र बिक्री मूल्य २०३ रुपैयाँ ८१ पैसा रहँदा स्वीस फ्रांक एकको खरिददर १८९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९० रुपैयाँ निर्धारण गरिएको छ।
अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९४ पैसा कायम भएको छ भने क्यानेडियन डलर एकको खरिद मूल्य १०७ रुपैयाँ ०८ पैसा र बिक्री मूल्य १०७ रुपैयाँ ५० पैसा तोकिएको छ। यसैगरी सिङ्गापुर डलर एकको खरिद मूल्य ११७ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ११८ रुपैयाँ १८ पैसा तोकिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
खाना पकाउने ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने, सञ्चय नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धा...
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा दुई प्रतिशतले घट्यो
काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको छ ।
नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको म...
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण : महसुल घटाई आन्तरिक खपत बढाउने तयारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउने उद्देश्यले पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणालीको विकास गर्ने लक्ष्यका साथ प्राधिकरण सञ्चा...



