एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
निष्काशन गर्न अनुमति पाएको कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि निष्काशन गर्न लागिएको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन वैशाख २२ गते बैंकिङ्ग समयभित्र दिइसक्नु पर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
एकैदिन ४४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डौँ । सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्...
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । लगातार बढिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।
यससँगै मगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ क...
सोमबारका लागि निर्धारण गरिएको यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरि...



