सोमबार, ११ साउन २०८३
नेपाली

पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना

Main News Image

काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।

यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीव्र आलोचना गर्दै यसलाई ऐतिहासिक गल्तीको संज्ञा दिएका छन् । म्याड्रिडमा आयोजित एक जलवायु सम्मेलनमा बोल्दै उनले यो निर्णयले युरोपको वातावरणीय छवि र दिगो भविष्यमाथि आँच पुर्‍याउने बताए ।

सन् २०२३ मा ईयूले जलवायु परिवर्तनको लडाइँमा इन्धन गाडी विस्थापन गर्ने निर्णयलाई ठूलो सफलताका रूपमा लिएको थियो। तर, चीनबाट सस्तो विद्युतीय सवारीको कडा प्रतिस्पर्धा र घरेलु बजारमा ईभी प्रतिको आकर्षण सोचेजस्तो नभएपछि युरोपेली कार उत्पादकहरूले प्रतिबन्ध खुकुलो पार्न ब्रसेल्सलाई दबाब दिएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...

राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो

काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...

इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन

तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...

पुटिन भन्छन् – युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुव...

लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण

काठमाडौँ । शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणले संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिल अन्तर्...