बुधबार, ११ कात्तिक २०८३
नेपाली

फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो

Main News Image

काठमाण्डौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ । अमेरिकाको मियामी स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन् । 

पहिलो हाफमा ४-० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा ४ गोल गर्यो । उता इंग्ल्यान्डले दोस्रो हाफमा थप २ गोल गरेर जारी विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको छ। इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरेका छन् । खेलको पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 


mediabaaji add

सम्बन्धित खबर

१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउ...

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी टी-२० आई सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि शुरू हुनेछ । डे नाइट खेल पहिलो पटक फ्लडलाइटमा भइरहेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपा...

टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात

कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित हो । यो जितसँगै भारतीय टोली सुपर ८ को लागि छनोट भएको छ । टोली लगातार तीन जितसहित समूह ए अंक तालिका...

दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता

काठमाडौँ । दृष्टिविहीन महिला टोली टी २० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ । आठौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...