आइतबार, ०४ असोज २०८३
नेपाली

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज

Main News Image

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दै अब आउने सरकारले लोकतन्त्र र मौलिक अधिकारको रक्षा गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२४ अगस्टमा शेख हसिनाको सरकार अपदस्थ भएपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका थिए। बिदाइ सम्बोधनका क्रममा उनले भने, आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । हाम्रो देशका युवाहरूले देशलाई दुष्ट शासकको पकडबाट मुक्त गरे र यो ठूलो मुक्तिको दिन थियो।

गत साता भएको निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी बिएनपीले ठूलो विजय हासिल गरेको छ । युनुसले बिएनपी नेता तारिक रहमानलाई बधाई दिँदै अबको सरकारको नेतृत्व उनकै काँधमा पुगेको बताए । निर्वाचन आयोगका अनुसार ३०० सदस्यीय संसद्‌मा बिएनपी गठबन्धनले २१२ सिट र जमातएइस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक ड्रोन आक्रमण, मध्यपूर्व तनाव झन् चर्कियो

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका बीच कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको हो । आक्रमणपछि केन्द्रमा आगलागी भएको थियो भने आप...

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन् ।

मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै

काठमाडौँ । इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दा...

अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेप...

इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो । युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्च...

राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो

काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...