काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ। यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती हुन लागेको हो ।
प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, बिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।
यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
सोमबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाड...
भोलिदेखि पुन: आउँदैछ वर्षा गराउने प्रणाली
काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्याप...
राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्...
मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको...
अपराह्नबाट पुनः वर्षा हुने, शुक्रबारबाट देशभर पानी पर्ने
काठमाडौँ । देशका केही स्थानमा आज वर्षासँगै हावाहुरीको सम्भावना छ । केही स्थानमा उच्च गर्मी हुनेछ । काठमाडौंलगायत केही भूभागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदू...
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ ।
यसरी...



