नयाँ मतदातामा निर्वाचनको उत्साह
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ । गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसेकको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिए । उनका अनुसार हालसम्म ६ सय १८ जनाको नामावलीमा नाम दर्ता भएको छ । जसमा २०१ महिला र ४१७ पुरुष रहेका छन् ।
यस्तै बाहिरी जिल्लाका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए। यसअघि यहाँ एक लाख ६१ हजार ३१२ जनाको नामावलीमा नाम दर्ता भएको तथ्याङ्क छ । जसमा ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रोलिङ्गी रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अशोक राई नेतृत्वको जसपा विभाजन, बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित
काठमाडौँ । जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरु जनता समाजवादी पार्टी नेपालसँगको एकीकरण प्रक्रियामा समाहित भएका छन् । जसपाकी सह अध्यक्ष यादल र र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको सम्झौतामा हस्ताक...
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र : कार्यसूची बनाउँदै परराष्ट्र
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक वैदेशिक भ्रमणका रूपमा हुने भारत भ्रमणको तयारीलाई सरकारले तीव्रता दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरे...
श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी
काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो सिट जित्दै खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्। उनले १६ हजार ६१२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका...



