बिहिबार, १२ कात्तिक २०८३
नेपाली

सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाचारले आचारसंहिताको प्रावधान उल्लङ्घन गरेको देखिएको हो। चितवन–३ निर्वाचन क्षेत्रलाई लक्षित गर्दै प्रकाशित ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन रेणु दाहाल दोस्रो’ शीर्षकमा समाचारप्रति आयोगले आपत्ति जनाएको छ ।

आयोगले पठाएको पत्रमा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत परिणामसम्बन्धी सर्वेक्षण गर्ने, त्यसको नतिजा सार्वजनिक गर्ने वा प्रकाशन गर्ने कार्य आचारसंहिता विपरीत हुने उल्लेख छ। साथै, कसैको पक्ष वा विपक्षमा समाचार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्थालाई पनि स्मरण गराइएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड त र दफा २५ को उपदफा १ को खण्ड ख विपरीत सामग्री प्रकाशित भएको ठहर गर्दै आयोगले सेतोपाटीमाथि आवश्यक कारबाही गर्न प्रेस काउन्सिलसँग अनुरोध गरेको जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

कर्मचारी ट्रेड युनियन खारेज : राजनीति गर्ने कर्मचारीको जागिर जाने

काठमाडौँ ।  मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गराई सुशासन कायम गर्ने उद्देश्यका साथ सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐन सं...

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...

नेपाल र भारतबीच विद्युत् आदानप्रदान सम्बन्धी सातबुँदे सहमति

काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आदानप्रदान, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सातबुँदे सहमति भएको छ । यही कात्तिक १७ र १८ गते पोखरामा सम्पन्न नेपाल र भारतको सहसचिवस्तरीय सं...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगन्जस्थित निवासबाटै पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई महाराजगन्जस्थित आफ्नै निजी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरी टोलीले उनलाई न...

नेपाल प्रहरीमा डीआईजीको दरबन्दी थप गर्ने प्रस्ताव अस्वीकार

काठमाडौँ । सशस्त्र प्रहरीको कानुन तहलाई डिआइजी दरवन्दी दिने सरकारले नेपाल प्रहरीलाई भने विभेद गरेको छ । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप गर्ने प्रस्तावलाई अस्वीकार गरेपछि विभेद गरेको हो । गृह मन्त्रालयले दरबन्दी थपका लागि...