मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

कान्ति राजमार्गको एकान्तकुना खण्ड ६० दिनसम्म बन्द हुने

Main News Image

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा कान्ती राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । 

mediabaaji add

सम्बन्धित खबर

पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थान...

यी स्थानमा आज मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा...