शनिबार, १६ जेठ २०८३
नेपाली

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

Main News Image

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका २ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका ६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट(७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छ । त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार छ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका ४ का बस चालक शंकर विष्ट, रामेछाप मन्थली नगरपालिका १२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका ४ लिवाङका उदीराम विष्ट, धरान १५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका २ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका ५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते छन् ।


mediabaaji add

सम्बन्धित खबर

उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

काठमाण्डौँ । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागी हुँदा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको छ । आगलागीबाट लक्ष्मीनारायणको घरसहित रबिन कुमार दास र सकलदेवको घर जलेको छ र अस्मिता खड्का घाइते भएकी...

आज देशका अधिकांश स्थानमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।...

धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ। जहाज अवतरण हुन नसकी काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन् ।

उक्त जहाजमा सवार सञ...

मौसम पूर्वानुमान : देशका ६ प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा लू चल्ने

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकै बनेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ। यसकै कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको जल तथा मौसम पूर...

मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्...

देशभर अतिक्रमित संरचना हटाउने अभियान जारी

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन...