दलीय गतिविधिमा संलग्न शिक्षकलाई बर्खास्त गर्ने शिक्षामन्त्रीको चेतावनी
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र कर्मचारीहरू पेसागत मर्यादा विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको गुनासो आएको भन्दै यस्ता कार्यले शैक्षिक गुणस्तर खस्किँदै गएको बताएका छन् । मन्त्री पुनले राजनीतिक गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार आवश्यक कारबाही, आवश्यक परे पदबाट बर्खास्त गर्नेसम्मका व्यवस्था रहेको बताएका छन् ।
आइतबार सूचना जारी गर्दै मन्त्री पुनले प्रचलित पेसागत ऐनहरूले कुनै पनि सेवामा कार्यरत व्यक्तिलाई आफ्ना पेसागत हकहितका विषयमा मात्र आवाज उठाउने अधिकार दिएको तर अन्य राजनीतिक गतिविधिमा सहभागी हुने अधिकार नदिएको स्पष्ट पारेका छन् । ‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौँ,’ पुनले भनेका छन् ।
दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ(संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको उनले जानकारी गराएका छन् । शिक्षककर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील सङ्घसंगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउनका लागि कानुनी प्रबन्धसहित पुनर्गठन गर्न पनि भनेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँका यी ठाउँमा २ महिनासम्म भेला र प्रदर्शन गर्न निषेध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनस...
प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ । आजको बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नेदेखि नयाँ विधेयकमाथि छलफल गर्नेसम्मको कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदी...
मलाई धेरै नबोल पनि भन्छन् तर अलिअलि नघोची हुँदैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण देखाउन ६५८ दिन बितिसक्दा पनि पेश नगरेको आरोप लगाएका छन् । चितवनमा आयोजित चुनावी सभामा लामिछानेले अब आफूलाई प्रमा...
रिक्त तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।
प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन...
राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । उनले सोमबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको का...



