बुधबार, ११ कात्तिक २०८३
नेपाली

आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम, मुद्रास्फीतिमा भने सुधार

Main News Image

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम अर्थात् ३.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले सुरुमा ६ प्रतिशतको वृद्धिदर हुने अनुमान गरे पनि अहिले त्यसलाई संशोधन गरेको हो ।

धानको उत्पादन र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रको सुस्तता तथा घरजग्गा कारोबारमा देखिएको गिरावटलाई वृद्धिदर खुम्चिनुको मुख्य कारण मानिएको छ। गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान गरिएको थियो । 

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ । यस अवधिमा कृषि क्षेत्रको विस्तार १.३६ प्रतिशतले मात्र हुने देखिएको छ, जसमा विशेष गरी धानको उत्पादन घट्नुलाई कारक मानिएको छ  ।

mediabaaji add

सम्बन्धित खबर

जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा, ४ अर्ब ६० करोड जुट्यो

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२ दशमलव ५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । साङ्ग्रिला हाइड्रोपावरले प्रवर्द्धन गर्ने आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जु...

नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब २० करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाखको सेयर कारोबार भएक...

२५.८१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से  परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार...

पाँच वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६...

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो । आजका लागि तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ । 

अघिल्लो दिन तीन लाख दुई...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५...