बिहिबार, १२ कात्तिक २०८३
नेपाली

ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंको सन्देश : राजा बन्न पृथ्वीनारायण जस्तै मैदानमा आउनुपर्छ

Main News Image

भक्तपुर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराजा र राजावादीहरूप्रति असन्तुष्टि पोखेका हुन् । आफू राजसंस्था र हिन्दु राज्यको पक्षमा तीन वर्षदेखि लड्दै आए पनि पूर्वराजा निष्क्रिय बनेको र राजावादीहरूले पनि दोहोरो चरित्र देखाएको आरोप लगाए । सोही कारण आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनको गुनासो थियो ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामाथि प्रश्न उठाउँदै उनी सक्रिय हुनुपर्ने बताए। उनले पृथ्वीनारायण शाहको उदाहरण दिँदै राजा आफैं पनि सक्रिय हुनुपर्ने तर्क गरे ।

‘हिजो पृथ्वीनारायण शाह पनि त हातमा खुकुरी लिएर निस्किएर पो राजा भएका हुन् त। राजाको पनि त केही न केही त हुनुपर्यो नि त, जोड हुनुपर्यो, घटाउ हुनुपर्यो, बल हुनुपर्यो,’ प्रसाईंले भने, ‘राजाका मान्छे चार जना बाटोमा उफ्रिने, तर एउटा राजाको विज्ञप्ति पनि आउँदैन। राजा गएर दमकको चिया बगानमा घाम तापेर बस्ने रु’

प्रसाईंले आफूले राजाको मुद्दा नछोडेको तर राजा र राजावादीहरूले पनि आन्दोलनलाई साथ दिनुपर्ने र निष्क्रिय भएर बस्न नहुने स्पष्ट पारे। उनले प्रधानमन्त्रीको टेबलसम्म राजसंस्था र हिन्दु राज्यको माग पुर्‍याउनु आफ्नो सफलता भएको समेत दाबी गरे।

mediabaaji add

सम्बन्धित खबर

शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा विमानस्थलमा तोडफोड, बारामा कर्फ्यू

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जान लागेपछि त्यहाँ तनाव भएको छ । एमाले नेताहरूलाई रोक्न खोज्ने समूह र एमाले कार्यकर्ताीच झडप भएको छ । आक्रोशित समूहले बाराको सिमरा विमान...

पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकास ढिलाइ हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्यालाई मुख्य दोषी ठानेका छन् । सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा व्यापक सुधार...

रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाण्डौँ । भारतको औपचारिक भ्रमणमा रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ । नयाँ दिल्लीस्थित गृहमन्त्रालयमा भएको उक्त भेटघाट...

रास्वपा केन्द्रीय समिति बैठकद्वारा रवि र बालेनबीचको सहमति अनुमोदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बै...