शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध

Main News Image

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। वर्षायामभर रातिको समयमा उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

अविरल वर्षाले सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए

इनरूवा ।  बुधबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जल...

मौसम पूर्वामानुमान : उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभन...