आइतबार, १५ कात्तिक २०८३
नेपाली

राष्ट्र संघ मुख्यालयमा ड्रोन आक्रमण : ६ शान्ति सैनिकको मृत्यु

Main News Image

काठमाडौँ । सुडानी अधिकारीहरूका अनुसार शनिबार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ जना संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । ड्रोनले संयुक्त राष्ट्र संघको मुख्यालय र बंगलादेश बटालियनमा तीनवटा मिसाइल प्रहार गरेको थियो, जसका कारण संयुक्त राष्ट्र संघको भण्डारण सुविधामा आगो लागेको थियो। मृत्यु भएका र घाइते भएका सबै शान्ति सैनिकहरू बंगलादेश बटालियनका सदस्यहरू थिए, जुन सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईको लागि खटाइएको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको हिस्सा हो ।

सुडानी सशस्त्र बलले यस आक्रमणका लागि अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सलाई आरोप लगाएको छ, तर ¥यापिड सपोर्ट फोर्सले उक्त दाबी अस्वीकार गरेको छ। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्ले यस ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र संघको सुविधाको सुरक्षाको गम्भीर उल्लङ्घन भनेको छ। सुडान अप्रिल १५, २०२३ देखि घातक द्वन्द्वमा फसेको छ।

mediabaaji add

सम्बन्धित खबर

महासागरको तापक्रममा उच्च वृद्धि,जलवायु परिवर्तनका नयाँ रेकर्डहरू कायम

काठमाडौँ । युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झन्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ । यसले पृथ्वीको समग्र तापक्रममा थप वृद्धि ल्याई अत्यधिक गर्मी र चरम मौसमी अवस्था निम्त्याउन सक्ने सङ्केत गरेको छ ।

प्रतिवेद...

भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको ट्रम्पको दाबी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भेनेजुएलामा गरिएको ‘ठूलो स्तरको’ आक्रमणपछि उनीहरूलाई नियन्त...