विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभियान सञ्चालन गरी ५५ वटा सवारी साधनको निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा ह्याण्डब्रेक दुरुस्त नभएका, लाइटहरू बिग्रिएका, टायर अत्यधिक खिइएका तथा समग्र यान्त्रिक अवस्था मापदण्डअनुसार नभएका २८ वटा सवारी साधन फेला परेपछि सम्बन्धित चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यान्त्रिक रूपमा कमजोर वा मर्मतसम्भार नगरिएका सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने तथा यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न विशेष जाँच अभियान सञ्चालन गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई नियमित रूपमा आफ्नो सवारी साधनको प्राविधिक अवस्था जाँच गरी आवश्यक मर्मतसम्भार गरेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ । प्रहरीले सुरक्षित र व्यवस्थित यातायात व्यवस्थापनका लागि यस्ता अनुगमन तथा चेकजाँच अभियानलाई निरन्तरता दिने जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०...
विदेशमा रहेकालाई सवारी लाइसेन्स दिने ३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमति पत्र वितरणमा गम्भीर अनियमितता भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा आर्थ...
प्रहरी ‘अप्रेसन’ चलाउन देशभर परिपत्र, काठमाडौँमा मात्रै १५० जना पक्राउ
काठमाण्डौँ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टरा...
जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरा...
जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ
काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...


