डा. निकोलस भुसाल पक्राउ
काठमाडौँ । विवादित अभिव्यक्ति दिँदै आएका डा। निकोलश भुसाल पक्राउ परेका छन् । प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका भुसाललाई प्रहरीले गोरखाबाट पक्राउ परेका हुन् । गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
भुसालमाथि सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको आरोप छ । भुसालले २४ भदौमा पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक अभिव्यक्ति दिँदै घर जलाउने धम्की दिएका थिए । गत शनिबार मात्रै उनले सम्वाद डबलीमा पत्रकार सम्मेलन गर्दै २३ भदौमा जेनजी आन्दोलनमा दमनमा संलग्न ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्यारा भएको आरोप लगाएका थिए। नेतालाई सरकारले कारबाही नगरेमा आफ्नो समूहले घरमै आक्रमण गर्ने उनको धम्की थियो ।
उनले प्रधानमन्त्री कार्कीलाई ‘हुतिहारा’ भएको आरोप लगाएका थिए। यसका साथै भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिँदै आएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन् ।...
मिडिया ट्रायलको पछि लाग्दिनँ, कारबाही जारी रहन्छ : गृहमन्त्री गुरुङ
काठमाडौँ । विवादास्पद व्यवसायीसँगको साँठगाँठ र सम्पत्ति विवरणमा लगानी लुकाएको आरोप खेपिरहेका गृहमन्त्री सुधन गुरुङले आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको भन्दै कडा आपत्ति जनाएका छन् । पछिल्लो समय आफूमाथि लगाइएका विभिन्न आरोपहरू र सार्वजनिक भएका समाचारहर...
नेपालीको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने तत्वसँग लड्न कम्युनिष्ट एकता : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशीतत्वसँग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन...



