डा. गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनसन
काठमाडौँ। नेपाल सरकार र अनसनरत डा। गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा। केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् । पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडाएका हुन् ।
डा। केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा। केसीको अन्तिम अनसन रहेको बताए। उनले भने, ुयो डा। केसीको अन्तिम अनसन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।ु डा। गोविन्द केसी र सरकारबिच भएको सहमतिमा डा। केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा। डा। जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा। बद्री रिजालले हस्ताक्षर गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका र...
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशंका
चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका ५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनह...
पुस १५ सम्म बुटवलका विद्यालयमा सार्वजनिक बिदा
काठमाण्डौँ । बुटवलका विद्यालयहरू भोलिदेखि पुस १५ गतेसम्म बिदा हुने भएका छन् । बुधबार बिहानैदेखि हुस्सुसँगै अत्यन्त चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जा...
आज विश्व मौसम विज्ञान दिवस मनाइँदै
काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ ।
सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मन...
ट्रक र बस आपसमा ठोक्किँदा १४ घाइते
काठमाडौँ । मकवानपुरमा चामल लोड गरिएको बिहीबार ट्रक र यात्रु बाहक बस आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडातर्फ जाँदै गरेको बाप्र ०६००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरी...
नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः आत्म पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म म्हः पूजा पर्व मनाउने गर्दछन् ।



