जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद र जनप्रतिनिधिसहित दर्जनौं नेता निष्कासित
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरूलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त कारबाहीको निर्णय गरेको हो ।
पार्टी नीति र निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा सहभागी भएको भन्दै प्रदेश सभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाललाई निष्कासन गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौँ । सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका...
उज्यालो नेपाल पार्टीमा देशभर समर्थन बढेको कुलमानको दाबी
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् । शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापन...
सुशासन कायम गर्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार केन्द्रित : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायमका साथै तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले बुधबा...
सहयोग उठाएर पत्नीको उपचार गर्दै झलनाथ, ओलीले दिएका थिए ३० लाख
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको उपचार विभिन्न व्यक्तिहरूले गरेको सहयोगबाट गरिरहेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घरमा आगजन...
कांग्रेसको पार्टी संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने सर्वसम्मत
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक...
रास्वपाको भोलि भैरहवामा हुने भनिएको ‘परिवर्तन उद्घोष सभा’ स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलि शनिबार भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ । पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने न...



