आइतबार, १५ कात्तिक २०८३
नेपाली

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाखको सेयर कारोबार भएको छ । आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज स्वस्तिक लघुवित्तको सर्वाधिक १३ करोड ५ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ११ करोड ९० लाख रुपैयाँ र तेस्रोमा सन नेपाल लाइफको  ११ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले  कमाएका छन् ।  यस्तै, सिटिजन्स बैंक डिबेञ्चर २०८६ का लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोला...

बीमा अभिकर्ता कमिशनमा १६ अर्ब बढी खर्च, नेपाल नेशनल लाइफ अग्रस्थानमा, वृद्धिदरमा आइएमई अगाडि

काठमाण्डौँ । जीवन बीमा कमपनीहरुले अघिल्लो बर्षको तुलनामा बीमा अभिकर्ता कमिशन खर्च १० प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्ष मा जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिसनमा १६ अर्ब बढी खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा १४ अर्ब ८० करोडा रुपै...

वैशाख महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदरहरूले निक्षेपमा हल्का गिरावटको संकेत दिएका छन् । चैतको तुलनामा वैशाखमा व्यक्तिगत र संस्थागत दुवै निक्षेपको औसत ब्याजदर घटेको देखिएको हो । तथ्यांकअनुसार, चैतमा ४.४९ प्रतिशत...

क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन...

आजको विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउन्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीद...

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत अर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन मालपोत र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मु...