वर्षाको सम्भावनाले नआत्तिनुस्, जोखिमयुक्त क्षेत्रमा सचेत रहनुस् : मौसमविद् विभूति पोखरेल
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलकाअनुसार उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर आउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा हुने सम्भावना छ ।
पोखरेलकाअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको छ । यद्यपि, प्रणाली बंगालको खाडीमै रहेकाले यसको गति, तिब्रता र नेपाल प्रवेश गर्दाको अवस्थाअनुसार वर्षाको मात्रा तथा प्रभावमा परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो । वर्षाको सम्भवना देखिएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको उहाँको भनाई छ । तर जोखिमयुक्त क्षेत्रमा भने सचेतता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रमा पर्यटकीय गतिविधि गर्नेहरू बढी जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । वर्षासँगै उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहन सक्ने उहाँले बताउनुभयो । सकेसम्म हिमाली क्षेत्रमा यात्रा नगर्न उहाँले सुझाव दिनुभयो ।
एक्सप्रेस
सम्बन्धित खबर
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
काठमाडौँ । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्ष...
देशभर मनसुनी वायुको प्रभाव : ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले मुलुकभर मौसमी गतिविधि सक्रिय बनेको छ ।
विभागका अनुसा...
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ ।
साथै, उत्तर अन्डमान साग...
स्वयम्भू, बालाजु र देवीनगरका सुकुम्बासी वस्ती हटाइँदै
काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ...
मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको...
बीपी राजमार्ग : स्थायी पुनर्निर्माणको दौडधुपबीच वर्षात् र पहिरोको चुनौती कायमै
बनेपा । लगातारको वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट(भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अ...



