एमाले बैठकमा देउवाको चर्चा, ओलीको आलोचना
काठमाडौँ । नेकपा एमालेको मंगलबारदेखि केन्द्रीय समिति बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।उक्त प्रस्तावमाथि केन्द्रीय किमिटीका अन्य नेताहरूले आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार ५० जना केन्द्रीय सदस्यले ओलीले राखेको राजनीतिक प्रस्तावमा महत्वपूर्ण सुझाव दिएका थिए ।
‘अन्तरिम सरकारको गठन प्रक्रिया प्रतिनिधिसभाको विघटनका सन्दर्भमा पार्टीको धारणा, त्यसपछि सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन, निर्वाचनमा आफूहरूको उपस्थिती के हुने ? पार्टीले जनपरिचालन मार्फत गरिने कार्यक्रमबारे साथीहरूको बढी चासो छ,’ उनले भने । बैठकमा बोल्ने केन्द्रीय सदस्यले संविधान पक्षधर र लोकतन्त्र पक्षधर शक्तिहरूको सहकार्य आवश्यक रहेको बताएको गौतमले जानकारी दिए ।
बैठकमा आज पनि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विषय समेत उठेको छ। एमाले केन्द्रीय सदस्य रविन कोइरालाले देउवाले पार्टी नेतृत्वबाट लिएको बिदाइको चर्चा गरेका हुन् ।
‘हाम्रो पार्टी अध्यक्षबाट देउवाको भन्दा उच्चस्तरको सम्बोधन अपेक्षा गरेको छौं । तर, उहाँमा आफ्ना गल्तीप्रति सामान्य अनुभूतिसमेत नदेखिएन,’ उनले भने।
जेनजी आन्दोलनपछि कांग्रेस सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन्। यससँगै उनले पार्टी नेतृत्वमा नरहने संकेत गरेका छन् ।
अब निर्वाचनमा जाँदा संविधान संशोधनको स्पष्ट एजेन्डा लिएर जानुपर्ने उनले बताए। ‘संविधान संशोधनका मुख्य विषयहरू जेनजी आन्दोलनु उठेका भ्रष्टाचारमुक्त देश, शासकीय प्रणालीमा सुधार र सुशासनका मुद्दाहरू हुनुपर्छ। यी कुराहरू आगामी संसदबाट संशोधन गर्ने कमिटमेन्ट सहित निर्वाचनमा जानुपर्छ,’ उनले भने। अध्यक्ष ओलीले सुदृढ पार्टी एकताको प्रस्ताव गरेको र त्यसको सुरुआत विद्या भण्डारीको सदस्यता नवीकरण गरेर थाल्नुपर्ने उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले
काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गरेर प्रतिनिधि चयन गरिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । यसका लागि मंसिर ११ गते सबै निर्...
प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने, प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता भइसकेका छन् भने राष...
ओली र लेखकलाई पत्राचार गर्दै आयोग
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसा...
प्रधानमन्त्री सुशीला कार्कीको चुनावी सन्देश: 'मतदान केन्द्र पुगौँ, आफ्नो भविष्य आफैँ चुनौँ'
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरूलाई हार्दिक आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सबै नाग...
रमेश लेखकको टिकट खोसियो
काठमाडौँ । जेनजी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकको टिकट खोसिएको छ । नेपाली कांग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ । बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन्...
तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
काठमाडौँ । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले उक्त सिफारिस स्वीकार गर्ने...



