शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

Main News Image

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दूर्घटनामा १२ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ। २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।


mediabaaji add

सम्बन्धित खबर

पूर्वी नेपालमा मौसम सुधारिँदै, पश्चिममा आइतबारसम्मै भारी वर्षाको जोखिम

काठमाडौँ । पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार हुँदै गए पनि देशका पश्चिमी भूभागहरूमा भने मौसमी प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारसम्मै भारी वर्षाको सम्भावना रहे...

चक्रवात अर्नबको हमलाबाट बच्न भारतमा धमाधम उद्धारकार्य, किन शक्तिशाली बन्यो आँधीको मौसम ?

काठमाण्डौँ , भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग आइएमडीले चक्रवात तटमा पुग...