शुक्रबार, २० कात्तिक २०८३
नेपाली

नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्र

Main News Image

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका निम्ति सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार, विनियोजितमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । सरकारको नियमित कार्य सञ्चालनका निम्ति गरिने खर्च हो यो । यो खर्चले नयाँ सम्पत्ति सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो खर्च कुल बजेटको ६२ प्रतिशतसम्म पुग्ने गर्छ ।

यस वर्ष चालु शीर्षकमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्ट्याएको थियो । यसमध्ये समीक्षा अवधिसम्म सरकारले सात खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ । पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । सडक, पुल, विद्यालय भवन, अस्पताल, सिँचाइ, जलविद्युत तथा दीर्घकालीन पूर्वाधार निर्माणमा पुँजीगत खर्च गरिन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन ।

खासगरी पश्चिम एसियामा तनावका कारण निर्माण व्यवसायीले बिटुमिन इन्धनको अभाव झेलिररहेका छन् । त्यसको असर पुँजीगत खर्चमा देखिएको छ । पुँजीगततर्फ चालु आवमा खर्च गर्न सरकारले चार खर्ब सात अर्ब रुपैयाँ छुट्ट्याएको थियो । यसमध्ये ९६ अर्ब १९ करोड खर्च भएको छ । यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो ।


mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४९ करोड माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १४१ कम्पनीको सेयर म...

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आ...

६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपिय...

सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ आज ३ः३० बजे बाँडफाँड गर्ने भएको हो ।

कम्पनीको आईपीओ...

विदेशी मुद्राको नयाँ विनिमयदर : अमेरिकी डलर स्थिर, युरो र पाउन्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम गरिएको छ। त्यसैगरी, युरोपियन...