नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्र
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ का नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका निम्ति सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार, विनियोजितमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । सरकारको नियमित कार्य सञ्चालनका निम्ति गरिने खर्च हो यो । यो खर्चले नयाँ सम्पत्ति सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो खर्च कुल बजेटको ६२ प्रतिशतसम्म पुग्ने गर्छ ।
यस वर्ष चालु शीर्षकमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्ट्याएको थियो । यसमध्ये समीक्षा अवधिसम्म सरकारले सात खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ । पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । सडक, पुल, विद्यालय भवन, अस्पताल, सिँचाइ, जलविद्युत तथा दीर्घकालीन पूर्वाधार निर्माणमा पुँजीगत खर्च गरिन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन ।
खासगरी पश्चिम एसियामा तनावका कारण निर्माण व्यवसायीले बिटुमिन इन्धनको अभाव झेलिररहेका छन् । त्यसको असर पुँजीगत खर्चमा देखिएको छ । पुँजीगततर्फ चालु आवमा खर्च गर्न सरकारले चार खर्ब सात अर्ब रुपैयाँ छुट्ट्याएको थियो । यसमध्ये ९६ अर्ब १९ करोड खर्च भएको छ । यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो !
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको हो । मंगलबार...
सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो
काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ। चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको...
सुनको भाउ निरन्तर उकालो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य र...
सोपान फर्मास्युटिकल्सको आईपीओ भोलि बाँडफाँड हुने, ३ लाख ४७ हजारले पाउनेछन् शेयर
काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बिहिबार बिहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको हो । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए । कम्पनीले सर्वसाध...
बोटमै सुक्यो जुनार किसान चिन्तित
रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरु जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् ।
विगतको तुलनामा यसवर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौस...
राष्ट्रिय कर दिवस : नेपाल दूरसञ्चार प्राधिकरणदेखि भाटभटेनी सुपर मार्केटसम्म सम्मानित
काठमाडौँ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०(८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान...



