बुधबार, ११ कात्तिक २०८३
नेपाली

महाधिवेशन विवाद चर्किँदै जाँदा देउवा–कोइराला भेटवार्ता, विशेष महाधिवेशन रोक्नेबारे छलफल

Main News Image

काठमाण्डौँ । नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र रूप लिँदै गएको बेला पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । डा। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार देउवा निवास महाराजगन्जमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था र पार्टीभित्र विकसित महाधिवेशनसम्बन्धी विवादबारे छलफल भएको हो ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूहले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीलाई तीव्र पारेका बेला सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ नियमित महाधिवेशन गर्ने निर्णय बहुमतका आधारमा पारित गरिसकेको छ। सो निर्णयमा कोइराला पक्षको समेत सक्रिय भूमिका रहेको थियो ।

तर केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशनको तयारी अघि बढेपछि पार्टीभित्र मतभेद चुलिँदै गएको छ। यही परिस्थितिमा विशेष महाधिवेशनको प्रयासलाई कसरी रोक्ने र नियमित महाधिवेशनलाई सुनिश्चित गर्ने भन्ने विषयमा देउवा र कोइरालाबीच छलफल भएको थपलियाले जानकारी दिएका छन्।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको...

सभामुखको रुलिङले आज संसद आउँदै प्रधानमन्त्री, ११ सांसदसँग सवाल–जवाफ हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले आज प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने दिँदैछन् । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री साहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन् ।

<...

शिक्षामन्त्री महावीर पुनको स्पष्टोक्ति-कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत र पार्टीको स्वार्थको लागि अयोग्य व्यक्तिलाई उच्च पदमा नियुक्त गरेकाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन(जी बिष्फोट भएको बताएका छन् । आइतब...

पुनर्गठनको एजेन्डा रवि लामिछानेको विकल्प होइन: तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ डा तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्ने उद्देश्यले पुनर्गठनको एजेन्डा अघि सारेको भन्ने टिप्पणीको खण्डन गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक...

रास्वपा चुनाव भाँड्न खोज्दैछ : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शनिबार पत्रकार सम्मेलन गर्दै जारी प्रेस विज्ञप्तिमार्फत एमाले...

सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं

जनकपुर । नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने...