महाधिवेशन विवाद चर्किँदै जाँदा देउवा–कोइराला भेटवार्ता, विशेष महाधिवेशन रोक्नेबारे छलफल
काठमाण्डौँ । नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयले तीव्र रूप लिँदै गएको बेला पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । डा। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार देउवा निवास महाराजगन्जमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था र पार्टीभित्र विकसित महाधिवेशनसम्बन्धी विवादबारे छलफल भएको हो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूहले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीलाई तीव्र पारेका बेला सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ नियमित महाधिवेशन गर्ने निर्णय बहुमतका आधारमा पारित गरिसकेको छ। सो निर्णयमा कोइराला पक्षको समेत सक्रिय भूमिका रहेको थियो ।
तर केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशनको तयारी अघि बढेपछि पार्टीभित्र मतभेद चुलिँदै गएको छ। यही परिस्थितिमा विशेष महाधिवेशनको प्रयासलाई कसरी रोक्ने र नियमित महाधिवेशनलाई सुनिश्चित गर्ने भन्ने विषयमा देउवा र कोइरालाबीच छलफल भएको थपलियाले जानकारी दिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान
काठमाडौँ । जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईं समूहद्वारा ९ सदस्यीय टोली घोषणा
काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबिच वार्ताका लागि दुवै पक्षबाट वार्ता टोली गठन भएको छ । अभियानले २०८३ साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेका विभिन्न नागरिक स...
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उहाँले सरका...
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। आजको बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्य...
कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ
काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारमा ४ मन्त्री थपिएका छन् । आजै राष्ट्रपति निवास शितलनिवासमा चार मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् चौथोपटक भएको हो । नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्...
सैनिक मञ्चमा भव्य रूपमा मनाइयो संविधान दिवस (तस्बिरसहित)
काठमाडौँ । संविधान दिवस २०८३ को अवसरमा काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाइने परम्पराअनुसार आज आयोजित उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू,...



