कोरिया पठाउन माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।दुई वर्षअघि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्दै इपीएस कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
दुई महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भएको भए पनि दुई महिना बित्दासमेत सरकारले आवश्यक प्रक्रिया अगाडि नबढाएको भन्दै उनीहरूले आन्दोलन शुरू गरेका हुन् ।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको कारण आन्दोलनमा उत्रिएको भाषा परीक्षा पास गरेका नुवाकोटाका युवा राजन ढुंगानाले बताए । उनले कोरीयाको मागभन्दा बढी जनाको आवेदन खुलाएको कारण मेहनती युवाहरूले अवसर नपाएको गुनासो गरे ।
उनले राज्यले रोजगारीका लागि कोरिया पठाउने प्रक्रिया अगाडि नबढाएर आफूहरुलाई दोधारे समस्यामा पारेको पनि बताए । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौतासमेत नभएका कारण कोरिया जान पाएका छैनन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनसरीमा ट्रक पल्टिदा ५ जनाको मृत्यु, ३ जना घाइते
काठमाडौँ । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरी...
डोल्पामा लेदोसहितको बाढी, एक महिलाको मृत्यु, चार जना घाइते
डोल्पा । जिल्ला डोल्पा जगदुल्ला गाउँपालिका–५ गैरी गाउँमा अविरल वर्षापछि धुला खोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आइतबार बिहान करिब ३ बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५–५६ वर्षीया...
भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय
काठमाडौँ । सरकारले अत्यावश्यक बाहेकका अन्य अवस्थाका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको टोली परिचालन तथा खोज र उद्धारको चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरि...
सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग
काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई चुस्त एवं प्रभावकारी बनाउन संसद्बाट अविलम्ब सर्वदलीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको...
बाढीपछि देवीघाटको अवस्था कहालीलाग्दो, बस्ती नै बगरमा परिणत
नुवाकोट । बाढी र पहिरोपछि नुवाकोटको देवीघाट क्षेत्रको अवस्था कहालीलाग्दो बनेको छ । विनाशकारी बाढीले बस्तीका घरहरू बगाएर ठूलो क्षेत्रमा बालुवा, ढुंगा र भग्नावशेष थुपारेको छ । बाढीको वेगले कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय घरका संर...
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेक...



