बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्।
पूर्व(पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समयका लागि पूर्व(पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा
काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।
अछाममा रहेका बेल...
त्रिशूलीमा फेला परेका पहिचान नखुलेका शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै
दमौली । भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका ५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ ।
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी...
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका र...
गोकर्णेश्वरमा पौषकृष्ण औँसीको श्राद्ध गर्न घुइँचो
काठमाडौँ । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी(गोकर्ण(सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ ।
सो मार्गमा...
तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार
काठमाडौँ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...
नवलपुरघाट दुर्घटना : सुनकोशीमा कारसँगै बेपत्ता चारै जनाको पहिचान खुल्यो
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०८-००१...



