बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन्।
पूर्व(पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समयका लागि पूर्व(पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज चैते दशैंको घटस्थापना
काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको स...
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरि...
आज विश्व सहरीकरण दिवस मनाइँदै
काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह ग...
शनिबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू(भागका अधिकांश स्थानहरूमा...
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...
अब नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क
काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक र गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ । नेपालमा रहेका गैर आवासीय नेपाली एनआरएनए र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली...



