निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग
काठमाडौँ । निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले जारी गरेको विज्ञप्तिमा, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेसँगै उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ कि मध्यपूर्व युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।
यससँगै बिटुमिन, सिमेन्ट, डण्डी र अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्य बढ्नु र बजारमा अभाव देखिनु निर्माण व्यवसायीहरूका लागि चुनौतीपूर्ण बनेको छ ।
परिषद्ले हालको कानुनी व्यवस्थाले मूल्य समायोजन गर्न नसक्ने भन्दै तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका–२’ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गरी निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने आग्रह गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा
काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयो...
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत अर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन मालपोत र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मु...
अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि बढ्यो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक...



