देउवालाई एयरपोर्टबाट पक्राउ गर्न माग, ११ बजे एयरपोर्ट भेला हुँदै जेनजी
काठमाडौँ । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने जेनजीको माग छ ।
जेनजी आन्दोलननेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवामाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ। वक्तव्यमा वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायत विभिन्न प्रकरणको समेत उल्लेख गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने बताइएको छ ।
“कानुन सबैका लागि बराबर हो भने देउवालाई विमानस्थलबाटै कानुनबमोजिम नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइनुपर्छ,” वक्तव्यमा भनिएको छ। जेनजी आन्दोलन नेपालले सरकारले राजनीतिक संरक्षणका नाममा अनुसन्धान प्रभावित गर्न खोजे त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ। आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको र हजारौँ युवा घाइते भएको उल्लेख गर्दै वक्तव्यमा पुरानो दण्डहीनता दोहोरिए जनविश्वास थप कमजोर हुने चेतावनी दिइएको छ।
देउवा नेपाल फर्किने क्रममा रहेको भन्दै जेनजी पक्षले आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आफ्ना समर्थकलाई आह्वान गरेको छ। विमानस्थलमा शान्तिपूर्ण रूपमा उपस्थित भएर सरकारमाथि निष्पक्ष अनुसन्धानका लागि दबाब दिने उनीहरूको भनाइ छ। यसैबीच, सरकारले विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको बताइएको छ। जेनजी पक्षले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने दाबी गर्दै राज्यका तर्फबाट कुनै दमन भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की मोरङ–२ लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी...
मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रविरुद्ध अघि बढ्यौँ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन् । शनिबार भक्तपुरमा शुरू भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३...
भदौ २३ का घटनाको जिम्मेवार केपी ओली : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन् । कार्की बैंक्वेटमा जारी आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, हामी विभाजन अस्वीकार गर्छौँ तर आत्म...
सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना स...
कुलमानको प्रश्न : उद्योगहरूबाट बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
काठमाण्डौँ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरी विद्युत् उपभोग गरेका उद्योगहरूको प्रिमियम महसुल बक्यौता असुलीमा सरकार मौन बसेको आरोप लगाएका छन् ।
देश लोडसेडिङको अँध्यारोमा रहेका बेला डेडिकेटेड र ट्रंक...
हरिबोलमाथिको कारबाही फिर्ता नगरिए नेकपा बचाउन गाह्रो हुने झलनाथको चेतावनी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली २ मा पार्टीको आधिकारिक उम्मेदव...



