उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै साँझ शपथ ग्रहणको तयारी
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।
निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार दिउँसो राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय प्रधानमन्त्रीले गरेका हुन्। २०८२ चैत २७ गते मन्त्री नियुक्त भएकी यादवको राजीनामा स्वीकृत भएसँगै नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
प्रधानमन्त्रीको सचिवालय एवं स्रोतका अनुसार साहलाई मन्त्री नियुक्त गरिएको सिफारिस पत्र राष्ट्रपति कार्यालय पठाइसकिएको छ भने आजै साँझ ६ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ। शाह पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै सांसद बनेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्य स् १४५ दिनमा ६८ बैठक, १२ विधेयक पारित
काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन भएको छ । गत वैशाख २८ गतेदेखि शुरु भएको अधिवेशनमा ६८ वटा बैठक बसेको थियो। अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको जानकारी गराएका छन्।
गत वैशाख...
प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आह्वान
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ ।
निर्व...
रास्वपा चुनाव भाँड्न खोज्दैछ : एमाले
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शनिबार पत्रकार सम्मेलन गर्दै जारी प्रेस विज्ञप्तिमार्फत एमाले...



