बुधबार, ११ कात्तिक २०८३
नेपाली

डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति

Main News Image

काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प्रधानमन्त्रीको कार्यकक्षमा सोमबार भएको उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सम्बन्धित सचिवहरू र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी थिए।

छलफलमा तयार गरिएको प्रस्तावअनुसार, उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले माग गरेको २८ किस्तामध्ये एक किस्ताको बराबर रकम ‘किस्ता’ नभई ‘विवादित रकम’का रूपमा धरौटी राख्ने व्यवस्था हुनेछ । उक्त धरौटी बुझाएपछि काटिएका विद्युत् लाइनहरू पुनः जडान गरिने भएको छ ।

यसरी धरौटी बुझाउने उद्योगीहरूलाई पुनरावलोकन वा कानुनी उपचार खोज्ने अधिकार यथावत् रहने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ । साथै, प्राधिकरणमा निवेदन दिँदा उद्योगीहरूले आफ्ना असहमति र पुनरावलोकनका कारण स्पष्ट रूपमा उल्लेख गर्न सक्ने व्यवस्था पनि राखिएको छ।

यसअघि विवाद समाधानका लागि महासंघ अध्यक्ष ढकालले आइतबार नै प्रधानमन्त्री कार्की र अर्थमन्त्री खनालसँग भेट गरी पहल गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !

पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ । आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भए...

हातहतियारको होडबाजी विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस  मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७...

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका र...

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीका अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपा...